फेरी बढ्यो डलरदेखि रियालसम्मको भाउ, आज कति छ ? [सूचीसहित]

फागुन २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा थियो ।   

युरो एकको खरिददर १३५ रुपैयाँ र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ भने सोमबार १३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा थियो । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३४ पैसा रहेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ । 

तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *