भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागे

चैत्र १०, नेपालगञ्ज। भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट भागेका छन्। बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले जमुनाह नाकाबाट उद्धार गरी नेपाल ल्याएकाहरु भागेका हुन्।   

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई उद्धार गरी नेपाल ल्याएको थियो। सरकारले आज बिहान १० बजेदेखि भारत र चीनसँग जोडिएका सिमा नाकामा यात्रु आवागमन रोकेको छ। १० बजेभन्दा पहिले जमुनाह नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो। 

तर र एउटै कोठामा ३०/३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाए। आफूहरुलाई कि त घर जान दिनुपर्ने, कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए। निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन्। ‘कोही खेतमा पुगेर लुके कोही टेम्पु चढेर हिँडे, हामीले रोक्‍न सकेनौं,’ एक प्रहरीले भने। 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन्। उनले भने, ‘नजिकैका मानिसहरु जानु भएको हो, बाँकीका लागि व्यवस्था मिलाउँदैछौं।’ प्रहरीका अनुसार अहिले क्वारेन्टाइनमा करिव २०० मानिस छन्। उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *