संविधान दिवसमा जेलबाट रेशम चौधरीले लेखे यस्तो कविता

  

‘वाह, क्या जाती हुन्थ्यो !’ 

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए 

Image result for रेशम चौधरी

क्या जाति हुन्थ्यो । 

अनि संसारसामु सबै नेपालीको शिर 

क्या माथि हुन्थ्यो । 

  

धेरैवर्ष पछि बन्यो संविधान–२ 

संविधानको हरफहरुमा 

हाम्रो पनि अधिकार मिसिन पाए 

क्या जाति हुन्थ्यो । 

अनि बल्ल तिम्रो विजय जुलुसको लहरमा 

चार वर्ण छत्तिस जातको 

क्या ताँती हुन्थ्यो । 

सारा संसार हाम्रो खुसीदेखि दंग पर्थे 

अरे वाह १ संसार सामु हाम्रो शिर 

क्या माथि हुन्थ्यो । 

  

के नै मागेका थियौं र हामीले 

अरुलाई जस्तै हामीलाई पनि 

थोरै दिए पुग्थ्यो 

अलि कति तिमी झुक्थ्यौ 

अलिकति हामी झुक्थ्यौँ 

दुबै झुके झुक्ने माथिको आकास 

कत्ति माथि हुन्थ्यो । 

संविधान बनेको खुसीमा हामी पनि मुस्कुराउन पाए 

वाह १ क्या जाति हुन्थ्यो । 

  

अनि 

न त नारा जुलुस हुन्थ्यो 

न त कुटाकुट हुन्थ्यो 

न कालो दिवस मनाउथ्यौँ 

न त झ्यापझुप बत्ति निभाउथ्यौँ 

सबै उज्यालोमा सजिन पाए 

एकै अङगोलामा बाँधिन पाए 

वाह १ हाम्रो शिर कति माथि हुन्थ्यो । 

  

अहिले त तिमी एक्लै खुशियाली मनाउँदैछौं 

तिमी एक्लै हाँसे, 

एक्लै नाचे 

तिम्रो नाच हेर्ने रमिते नै नभए 

तिमी खल्लो कि आँगन खल्लो ? 

खल्लो आँगनमा वल्लो पल्लो मिसिन पाए 

वाह १ क्या जाति हुन्थ्यो 

  

तर तिम्रो अहमताले साझा खुसीमा हामी 

ताली पड्काउन पनि पाएनौं 

कम्मर मर्काउन पाएनौं 

दीपावली गर्न पनि पाएनौं 

तिमीले जस्तो सोँचे पनि हामीलाई अझै आशा छ 

तिमीसँगै नाँच्न पाए 

बारुले कम्मर भाँच्न पाए 

अझै क्या जाति हुन्थ्यो । 

हाम्रो खुसीमा आरिस गर्नेहरु अझै जल्थे 

अनि सम्झ त 

हाम्रो शिर कत्ति माथि हुन्थ्यो ? 

  

हामीलाई कति दुःख लागेको छ 

तिम्रो भोजमा हामी सामेल हुन सकेनौं 

तिमी पल्लो घरमा बसेर भतेर गर्दैछौं 

हामी वल्लो घरे छिमेकीहरु 

भतेरको वासना सुघ्दैछौं 

तिम्रो त एक्लै खाने ऐतिहासिक बानी छ क्यारे 

खाऊ 

अघाउनजेल खाऊ 

तर थाहा पाइराख 

धेरै खाए विरामी होउलाऊ 

डाक्टर सापको अस्पताल अन्यौलमा छ 

अन्ततः 

थारु गुरुवाले तिम्रो आछत हेर्नैपर्छ 

दवाई पानी गर्नैपर्छ 

तिम्लाई सञ्चो पार्नैपर्छ 

अनि बाध्य भएर लज्जित भई तिमीले 

हामी थारु गुरुवालाई अंगालो मार्नैपर्छ 

त्यसैले 

संविधान जारी गर्‍यौं हाम्रो बधाई छ 

यत्रो ऐतिहासिक संविधानलाई 

हामी पनि जलाउन्नौं 

बरु पढ्छौं 

हाम्रो पनि कँहीकतै 

अधिकार उल्लेख छ कि 

  

त्यसैले, 

आफू आफू मिलेको मिलन पो कति जात्ति हुन्थ्यो 

अरे वाह १ सबैको सहमतिमा जारी गरेको संविधान 

संसारमा क्या माथि हुन्थ्यो ११ 

  

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए 

क्या जाति हुन्थ्यो । 

अनि संसार सामु हामी सबै नेपालीको शिर 

क्या माथि हुन्थ्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *