संसदमा विष्णु पौडेलले कोट्टयाए बालुवाटार प्रकरणः भने, दोषीलाई कारवाही गर्नुपर्छ

 

बैशाख २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटार प्रकरणमा दोषी देखिए सजाय भोग्न तयार रहेको बताएका छन् । 

सोमबार संसदमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ललिता निवास परिसरको जग्गा प्रकरणमा आफू दोषी नभएको स्पष्टिकरण दिँदै उनले भने, ‘म दोषी ठहर भए जस्तो सुकै सजाय भोग्न पनि तयार छु । सरकारले यस विषयमा गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्छु ।’ 

null

यस्तै उनले सरकारले ०७६/७७ को नीति कार्यक्रम ऐतिहासिक रुपमा स्थापित गर्न चाहेको पनि उल्लेख गरे । आउँदो आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुने संकल्पका साथ सरकारले नीति तथा कार्यक्रम ल्याएको उनको दाबी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *