६ जिल्लामा टेलिकमले ‘आईसीटी सेन्टर’ विस्तार गर्यो

काठमाडौं, असार २ ।  भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३÷७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरेको छ । नेपाल टेलिकमले यी विद्यालयहरुमा सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका आवश्यक उपकरण उपलब्ध गराई सकेको जनाएको छ । साथै मासिक रुपमा ३० ‘जीबी’ डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।

कम्पनीले शारदा मावि प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, सगरमाथा मावि ओखलढुङ्गा, कन्यादेवी, आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मावि सालु रामेछापमा सेन्टर स्थापना गर्न सहयोग गरेको बताएको छ ।
सोलुखुम्बुको जीवन ज्योति माविमा समेत केही समयमै कम्पनीले आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराएको छ । नेपाल टेलिकमले अघिल्ला वर्षहरुमा पनि विभिन्न जिल्लाका विद्यालयहरुमा आईसीटी सेन्टर स्थापना गरी सेवा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *