ए डिभिजन लिग: बुधबार थ्रीस्टार र आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै

पल्सर शहीद स्मारक ए डिभिजन लिगमा बुधबार थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

लिगको महत्वपूर्ण यो खेलले थ्रीस्टारको उपाधि अभियानको सम्भावना थप प्रस्ट्याउने छ । किनभने तालिकामा थ्रीस्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंकसहित चौथो स्थानमा छ । 

थ्रीस्टार पराजित भएको खण्डमा उसलाई उपाधि अभियानमा गम्भीर धक्का लाग्नेछ । उपाधिको दाबेदारिता कायम राख्नका लागि थ्रीस्टारलाई यो खेल जित्नै पर्ने दबाब छ ।  

null

दोहोरो पहेँलो कार्डका कारण आर्मीका कप्तान भरत खवासले खेल गुमाउनेछन् । जसको फाइदा थ्रीस्टारले उठाउन सक्नेछ । 

आर्मी भने शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा १० अंकले पछि छ । करिव उपाधि होडबाट बाहिरिसकेको आर्मीले बराबरीमात्र गरेपनि थ्रीस्टारलाई घाटा लाग्नेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने यो खेल दिउँसो साँढे दुई बजे हुनेछ । 

त्यसअघि बिहान एघार बजे विभागीय टिम नेपाल पुलिस क्लब ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । आठ खेल सकिँदा नेपाल पुलिस क्लब १४ अंकसहित पाँचौं स्थानमा छ । 

ब्रिगेड ब्वाइज क्लब चार अंक जोड्दै पुछारबाट तेस्रो स्थानमा छ । ब्रिगेड ब्वाइजका लागि पुलिससँग अंक खोस्नु नै ठूलो सफलता हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *