बागलुङको तुरतुरे ताल फुट्यो, आवत–जावत ठप्प (५ तस्विर)

 

साउन २०, बाग्लुङ । अविरल वर्षासँगै आएको बाढीका कारण बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग बगाएको छ । 

ताल फुटेर बडिगाड गाउँपालिकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटो बगाएको हो । बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत ठप्प भएको छ । 

null

 

जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर कृत्रिम ताल बनेको थियो । उक्त तालमा पानीको चाप बढेपछि सोमबार बिहान ३–४ बजेतिर फुटेको हो । 

ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई सुरक्षित स्थानमा बस्न तथा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । 

एक हजार दुई मिटर लामो र करिब एक सय मिटरभन्दा गहिरो उक्त तालमा डुबान पीडित कुमाल लगायतका २७ परिवारले हिउँद याममा डुंगा चलाएर आम्दानी गरेका थिए। 

 

 

 

तस्बिर सौजन्य: विमल खड्का 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *