ओलीको रबैयाले लोकतन्त्र खतरामाः शेरबहादुर देउवा

 

बैशाख ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । 

नेविसंघको ४९ औँ स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । 

null

‘वर्तमान सरकार अन्याय, अत्याचार गर्नतर्फ उन्मुख छ । बहुमतको सरकार भएपनि जनअपेक्षा अनुसारको काम गर्न सकेको छैन । पत्रकारमाथि अत्याचार गरेको छ । जताततै भ्रष्टाचार बढेको छ’, सभापति देउवाले कार्यक्रममा भने । 

यस्तै उनले सरकारको अधिनायकवादी रबैयाविरुद्ध आन्दोलनको तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । 

सरकारले कानून र संविधानको उल्लंघन गरेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘यो सरकार बलात्कारी, भ्रष्टाचारी र माफियाको पक्षमा छ । जनतामाथि अनावश्यक रुपमा करमाथि कर थोपर्ने कामतिर लागेको छ । विकासका काम अघि बढाउन सकेको छैन । यो सरकार न संविधान मान्छ न कानुन मान्छ । ओलीको यस्तो रबैयाले लोकतन्त्र नै खतरामा पर्दै गएको छ ।’ 

पार्टीको प्रसंगमा उनले सबैको भावना समेट्ने नेपाल विद्यार्थी संघको तदर्थ समिति छिट्टै गठन हुने विश्वास दिलाए । नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिबद्धता छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *