उत्प्रेरणाद्धारा विद्यार्थीलाई स्वीटर र स्टेशनरी प्रदान

माघ १६, चितवन ।  कालिका नगरपालिका ७ मा रहेको आधारभूत विद्यालय जुटपानीमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर र स्टेशनरी वितरण गरिएको छ ।   

श्रीपञ्चमीको अवसर पारेर खैरहनी नगरपालिका ८ पर्सामा रहेको उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाले सो विद्यालयका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमका बिच स्वीटर र स्टेशनरी वितरण गरेको प्रदान गरेको हो ।   

विद्यालयमा अध्ययरत बालविकास कक्षा वाहेकका विद्यार्थीहरुलाई स्वीटर र स्टेशनरी वितरण गरिएको सहकारीका कार्यकारी अधिकृत उत्तम अधिकारीले बताए ।   

कालिका नगरपालिका ७ का वडाध्यक्ष डिल्लीराम दुवाडीको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । विद्यार्थीहरुलाई एक एक थान स्वीटर र कापी, कलम लगायतका स्टेशनरी प्रदान गरिएको थियो ।   

सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषका संयोजक मुरली प्रसाद गजुरेल, कालिका सेवा समाजका अध्यक्ष निराजन गौली, विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्ट लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *