एथ्लेटिको मड्रिड रियल बेटिससँग पराजित, बार्सिलोना दबाब मुक्त

एजेन्सी । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिड पराजित भएको छ। आइतबारको खेलमा एथ्लेटिको मड्रिड रियल बेटिससँग १–० ले पराजित भएपछि बार्सिलोना दबाब मुक्त भएको हो।  

बार्सिलोना शनिबार भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएपछि एथ्लेटिको मड्रिडलाई अंक दूरी छोट्याई उपाधि होडलाई सहज बनाउने अवसर थियो।  

बेटिसको घरेलु मैदानमा भएको खेल निकै पतिस्पर्धात्मक भयो। रियल बेटिसले ६५ औं मिनेटमा पेनाल्टीको अवसर पायो। पेनाल्टीलाई  सर्जिओ क्यनालेजले गोलमा परिणत गरे। यही नै खेलको निर्णायक गोल बन्यो।  

null

हारपछि पनि दोस्रो स्थनमा यथावत रहेको एथ्लेटिको मड्रिडको ४४ अंक छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५० अंक छ। दुवैले समान २२ खेल खेलेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *