मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको सडक सञ्चालनमा

चितवन, साउन ३ । चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको सडक सञ्चालनमा आएको छ । खुख्खा पहिरोका कारण रातभर रोकिएर विहान गन्तव्यतर्फ जाने तरखरमा रहेका सवारीहरु जान पाएका थिएनन् ।

पहिरो विहान ४ बजे खसेको प्रहरीले जनाएको छ । बिहानदेखि अवरुद्ध सडक केहीबेरअघि सञ्चालनमा आएको हो । चितवनको कालिखोला क्षेत्रमा पहिरो खस्दै आएकोमा आज भने जलविरेमा पहिरो खसेको हो ।

उक्त स्थान मुग्लिनबाट सात किलोमिटर नारायणगढ तर्फ पर्छ । पहिरोका कारण हिजोदेखि रोकिएका गाडी चल्न सकेका थिएनन् । मुग्लिन सडकमा असार २५ देखि रातीमा गाडी रोकेर विहान गाडी चलाउन थालिएको थियो ।

चितवनबाट जाने गाडीलाई साँझ ६ बजे रोकेर विहान ४ बजे छाड्ने गरिएको छ भने मुग्लितर्फबाट आउन गाडीलाई साँझ ७ बजे रोकेर विहान ५ बजे छाडिने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *