धरानमा चौथो पुष्प ब्यापार मेला हुने

माघ २१, धरान । फ्लोरिकल्चर एशोसिएशन नेपाल सुनसरीको आयोजनामा यहि माघ २९ गतेबाट ५ दिन धरानमा पुष्प ब्यापार मेला हुने भएको छ  ।मेलालाई नेपाल सरकार कृषि तथा सहकारी बिकास मन्त्रालय तथा धरान उपमहानगरपालिकाले सहयोग गरेको छ । 

‘घर आँगन होस या सडक किनारा, रोपि स्वदेशी फुल बिरुवा बनाऔ प्रदेश हराभरा’ भन्ने नाराका साथ हुने मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानोका प्रर्दशनी तथा विक्रि कक्ष रहनेछ । 

यसैगरी विउविजन, कृषिऔजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष गरी ६० बटा स्टल रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

मेलामा सूचनामुलक स्टलका साथै बोटविरुवाको प्रतिष्पर्धात्मक प्रदर्शनी समेत रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल सुनसरीका सदस्य तथा मेला संयोजक कल्पना लिम्बुले बताइन् । 

मेलामा सहभागी भएका विभिन्न नर्सरी व्यवसायीहरु द्वारा उत्पादित फूल बिरुवाको स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा विजयी हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रबाट पुरस्कृत गरिने छ । 

नेपालमा बि.स. २०५१ सालबाट फ्लोरिकल्चर एशोसिएशन नेपालले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेलाहरुको आयोजना गर्दै आएको छ । गत वर्ष मेलाबाट ५० लाख भन्दा बढीको कारोबार भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *