भाइबर स्टिकर डाउनलोड गर्दा लक्ष्मीलाई टिभिएसको NTORQ स्कुटी

 

जेठ १०, काठमाडौं । भाइबर प्रयोगकर्तालाई आकर्षित गर्न टिभिएसले सञ्चालन गरेको ‘चान्स टु वीन थ्रु क्लिक’ को विजेता पोखराकी लक्ष्मी पोखरेल भएकी छिन् । २ महिना देखि सञ्चालन गरेको टिभिएर भाइवर स्टिकर डाउनलोड क्याम्पियनमा ७० हजार बढि भाइवर प्रयोगकर्ताले सहभागिता जनाएका थिए । उनीहरु मध्येबाट भाइडरबाट प्राप्त विषेश कोडका आधारमा लक्ष्मी विजेता हुँदै टिभएसको NTORQ स्कुटी प्राप्त गरिन् । 

शुक्रबार जाउलाखेलमा सञ्चालित टिभिएस एक्सचेञ्ज जात्रामा लक्ष्मीलाई जगदम्बा मोटर्सका भाइस प्रेसिडेण्ट दीपक कुमार अग्रवाल तथा रेकुटेन भाइवर एशिया विजनेश हेड नितिन टियागीले स्कुटरको साँचो हस्तान्तरण गरे । 

null

भाइबर चलाएरै स्कुटर प्राप्त गरेकी लक्ष्मीले एक हप्ता अगाडी कम्पनीले आफुलाई फोन गरेर स्कुटर प्राप्त गरेको जानकारी दिँदा विस्वासै नलागेको बताइन् । ‘मलाई कम्पनीबाट भाइबर स्टिकर डाउनलोड गर्दा स्कुटर पाएको भन्दा विस्वासै लागेन । कसैले चिटिङ गरेको होला भनेर फोन नै काटिदिँए ।’ उत्साहित हुँदै लक्ष्मीले भनिन्–‘पछि फेरी उहाँहरुले फोन गरेर पोखराको शोरुममा गएर बुझ्न भन्नुभयो, त्यहाँ गएर बुझ्दा मात्र विस्वास लाग्यो ।’ उनले भनिन् । 

 

कार्यक्रममा बोल्दै कम्पनीका भाइस प्रेसिडेण्ट दीपक कुमार अग्रवालले जगदम्बा मोटर्ससँग तीन वर्ष यता ग्राहकको रोजाई अनुसार तराईदेखि पहाडसम्म चल्ने बाइक स्कुटरसम्म ल्याइरहेको बताए । टिभिएसले जाउलाखेलमा गत ७ गतेदेखि शुरु गरेको टिभिएस उक्सचेञ्ज जात्रामा पुरानो बाइक तथा स्कुटर एक्सचेञ्ज गर्नेहरुको भिड लागेको छ । 

टिभिएसको एक्सचेञ्ज जात्रामा कुनैपनि बाइक तथा स्कुटर गुडेपनि नगुडेपनि न्यूनतम २५ हजार मुल्यांकन गर्ने तथा १० हजार देखि १ लाख सम्म क्यास डिस्काउन्टको अफर छ । यसैगरी ग्राहकलाई कुनैपनि बाइक तथा स्कुटर खरिद गर्दा हेल्मेट, रेनकोट, बाइककभर तथा आकर्षक ब्याग निःशुल्क दिने ब्यवस्था गरेको कम्पनीका मार्केटिङ मनेजर नवराज कोइरालाले बताए । 

कम्पनीले ० प्रतिशत ब्याजमा फाइनान्सको समेत सुविधा दिएको छ । मध्यम वर्गिय उपभोक्ता, विद्यार्थीहरुलाई थोरै मुल्यमा बाइक तथा स्कुटर चढ्न यो अफरले सहजता प्रदान गरेको छ । एक्सचेञ्ज जात्रा भोली शनिबारसम्म चल्नेछ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *