चितवनका मुसहरको पौरख, आफ्नै खर्चमा चिटिक्कको घर

वैशाख २२ चितवन । माझी ,मुसहर जाति सिमान्तकृत समुदाय हुन् । यो समुदायका मानिसहरु चितवन सहित तराईका केही जिल्लामा सिमित मात्रामा छन् । 

 

चितवनको रत्ननगर र खैरहनीमा माझी ,मुसहर समुदायको वसोवास छ । यिनीहरु करिव ४० वर्षदेखी यस क्षेत्रमा वसोवास गर्दै आएपनि उनीहरुको लालपुर्जा छैन् । रत्ननगरका मुसहरहरुको जीवनमा परिवर्तन आउँदै गर्दा रत्ननगरसँगै जोडिएको खैरहनीका मुसहरहरुको अवस्था पहिलेकै जस्तै छ । 

null

रत्ननगरमा वसोवास गर्ने मुसहरहरु खोलामा माछा मारेर जिविकोपार्जन गर्थे तर अहिले यो समुदायको दिनचर्या विस्तार परिवर्तन हुदै गएको छ । उनीहरुमा वसोवासदेखी खाने लगाउने,सरसफाई लगायतमा निकै परिवर्तन आएको छ । सरकारले खोलामा माछा मार्न प्रतिवन्ध लगाएपछि उनीहरु कुनै न कुनै रोजगारमा आवद्ध भईरहेका छन् । रत्ननगर ८ चित्रसारीमा वसोवास गर्ने यो समुदाय अहिले हेर्न लायक भएको छ । 

वाहिरबाट अवलोकन गर्न आउने थलोको रुपमा विकास भईरहेको छ । एक गैरसरकारी संस्थाले सामुहिक लालपुर्जा रहने गरी जग्गा खरिद गरेर यहाँका करिव २४ घरपरिवारलाई वस्ने व्यवस्था मिलाएको थियो । उनीहरु दुई वटा लामो टहरामा एक एक कोठामा वस्दै आएका थिए । एकै परिवार एउटा कोठामा सुत्नु पर्दा समस्यामा थिए उनीहरु । तर अहिले पहिलेको जस्तो समस्या छैन् । उनीहरुले छुट्टा छुट्टै कोठा भएको घर निर्माण गरिरहेका छन् । 

सवैको कुराको अभावबाट गुज्रिएका थियौ माझी मुसहर टोलकी अध्यक्ष समेत रहेकी मुसहर अगुवा वासमती माझीले भनिन् – अहिले आफ्नै घर छ,सरसफाईमा धेरै परिवर्तन आएको छ,यस्तो अवस्था आउला भन्ने सोचेकै थिईन् । उनीहरुको परिवर्तनको सम्वाहक वनेका हुन् रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समुह । लुमन्तीले विगत ७ वर्षदेखी यो समुदायको विकासका लागि सचेतना मुलकदेखी घर निर्माणका लागि प्राविधिक सहयोग गर्दै आईरहेको छ । 

पछिल्लो समय रत्ननगर नगरपालिकासँग मिलेर लुमन्तीले शहरी गरिव सहयोग कोष निर्माण गरेका थिए । सोही कोषबाट ऋण लिएर यहाँका मुसहरहरुले घर निर्माण गरेका हुन् । रत्ननगरका गरिव,सुकुम्वासीहरुलेनै स्थापना गरेको आकृति महिला वचत तथा ऋण सहकारी संस्था मार्फत ऋण झिकेका हुन् । कोषबाट उनीहरुले वढिमा ३ लाख सम्म ऋण पाउँछन् । 

घर निर्माणमा ३ लाख भन्दा बढी खर्च लागे उनीहरुले आफेले व्यहोर्नु पर्छ । तीन लाख सम्मको ऋण उनीहरुले प्रत्येक महिना किस्ता र व्याज वुझाउने गरेका छन् । मुसहर वस्तीमा अहिले कसैको पनि कच्ची घर छैन् । केहीले ढलाननै गरेका छन् तर धेरैले टिनको छानो हालेर चिटिक्कको घर वनाएका छन् । पहिले र अहिले आकास जमिन फरक छ अगुवा वास्मती भन्छिन् – लुमन्ती र नगरपालिकाले आँट दिदा हामीलाई हौसला मिलेको छ तर लाखौ खर्चेर चिटिक्कको घर वनाएका छौ । 

लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका कार्यक्षेत्र संयोजक सिंहवहादुर लामा मुसहरहरुले ऋण लिएर नियमित तिर्दै आएका वताउँछन् । मुसहरहरुमा आएको परिवर्तन प्रति उनी पनि दंग छन् । सुरुमा काम गर्दा वुझाउनै समस्या थियो लुमन्ती संयोजक लामा भन्छन् – अहिले उनीहरुमा आएको परिवर्तन उदाहरणीय छ,यसमा गर्व गर्न बाटो छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वन मुसहर समुदायमा आएको परिवर्तनले नगर समृद्धीको आधार खडा गरेको दावी गर्छन् । 

समृद्ध नगर वनाउने हाम्रो लक्ष्य हो मेयर वनले भने – नगर समृद्धको आधार मुसहर समुदायबाट कोरिएको छ, हामी रत्ननगरलाई रत्न वनाउन चाहन्छौ । रत्ननगर ८ मा २४ घरधुरी र रत्ननगर ७ मा २० घरधुरी मुसहर परिवार छन् । रत्ननगर ७ सिसवारमा रोटरी क्लवहरु मिलेर १२ वटा घर निर्माण गरिदिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *