लियोनका गोल किपरले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ । मेस्सीको टिम बार्सिलोनाले लियोनको पोस्टमा २५ वटा सट प्रहार गरे पनि गोल गर्न भने सकेन । 

लियोनका गोलकिपर एन्थोनी लोपेजको उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोनाले बराबरीमा चित्त बुझाउन बाध्य बन्यो । मेस्सी, लुइस स्वारेज र फिलिप कोउन्टिन्होको एकपछि अर्को आक्रमणलाई लियोनका गोलकिपरले उत्कृष्ट बचाउ गरे । 

यता लियोनले पनि एउटा सुन्दर मौका पाए पनि उसका मार्टिन टेरियरको प्रहार गरेको बल बारमा लाग्न पुग्यो । घरेलु दर्शकमाझ बार्सिलोनाको टाउको दुखाई बनेका गोलकिपर एन्थोनीले एक दर्जन प्रहारलाई उत्कृष्ट ढंगले बचाएका थिए । 

null

अब दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ । ला लिगामा शीर्ष स्थानमा रहेको रहेको सन् २०१५ पछि युरोपियन प्रतियोगिता जित्न असफल हुँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *