‘लकडाउन’पछि धरान पनि सुनसान

चैत ११, धरान । सरकारले मंगलबार बिहानदेखि देशभर ‘लकडाउन’ गर्ने निर्णय लागू गरेसँगै सुनसरीको धरान सुनसान देखिएको छ । 

कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सुनसरीको धरान सोमबारदेखी नै  ‘लकडाउन’ गरिएपनि आज मंगलबारबाट यसको असर सबैभन्दा बढि परेको हो । धरानका मेयर संयोजक तथा उपमेयर सदस्य र अन्य वडाका वडाअध्यक्षहरु सदस्य रहेको कोरोना संक्रमण जोखिम न्यूनीकरण समितिको बैठकले अनिश्चितकालका लागि अर्को सूचना जारी नहुन्जेलसम्म धरानलाई पूर्ण बन्द गर्ने निर्णय गरेको हो । 

लकडाउनका कारण दक्षिण तीनकुने देखी लिएर उत्तर धरानको छोटी मोरङ, पुर्बमा याङसीला देखी दक्षिण्मा बराहक्षेत्र सम्मका बजार, यातायात लगायतका बन्द भएका छन् । बजारमा आवतजावतमा समेत रोक लगाइएको छ । अनावश्यक भिडभाड हुन दिएको छैन । भने धरानमा  छिटपुट चिया, दूध, औषधि पसल बाहेक अन्य व्यावसायिक पसल बन्द भएका छन् ।   

बजार क्षेत्रमा स्थानीयको आउजाउ समेत पातलो देखिएको छ । भारतबाट आएका यात्रुबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । दैनिक उपभोग्य सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार एवं राहत कार्यमा संलग्न यातायात बाहेक अन्य प्रकारका पसल, व्यवसाय, उद्योग कलकारखाना अर्कौ सूचना नआउन्जेल सम्मका लागी बन्द गर्ने निर्णय भएको कोरोना संक्रमण जोखिम न्यूनीकरण समिति धरानका सदस्य तथा उपमेयर मन्जु भण्डारीले जानकारी दिइन् ।   

उनका अनुसार नेपाल अन्य मुलुकको भन्दा अति नै जोखिममा परेको छ । ‘यहाँ महामारी आइहाले भने पनि महामारीसँथ जुध्न उपाय पर्याप्त छैन, त्यसैले जती सक्दो सबैले सावधानी नै अपनाउनु उत्तम उपाय पनि हो,’ उनले भनिन् ।  भण्डारीले मान्छेको ज्यान भन्दा महत्वपूर्ण कुरा अरु केही हुन नसक्ने भन्दै अर्कौ सूचना जारी नहुनजेल सम्मका लागी धरानमा कडाईका साथ प्रस्तुत हुन स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको बताइन् ।  

भण्डारीले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि बाहिर ननिस्कन आह्वान गर्ने र सूचनाको बर्खिलाप विना कारण घरबाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी र अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी कानुन बमोजिम कारबाहीको चेतावनी दिइन् ।   

यस्तै धरानमा बजार अनुगमनको कार्यलाई तीव्रता दिने समेत निर्णय गरिएको छ । अनुगमन समिति र सुरक्षा निकायबाट आग्रह भएकाले अवस्थामा कोरोना संक्रमण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन आवश्यक देखिएमा कुनै पनि काममा सहयोग गर्नु सबै नागरिकको दायित्व भएको हुँदा नागरिक दायित्व विपरीत असहयोग गर्ने क्रियाकलापमा संलग्न व्यक्ति र संस्थालाई कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि धरान उपमहानगरपालिकाले गरेको छ ।   

भारतमा कोरना भाइरस (कोडिभ-१९)को संक्रमण फैलिन थालेपछि नेपाल र नेपाीमा पनि कोरनाको संक्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । धरानमा कोरोनाको सक्रमित नभेटिएपनि केही दिन अधि मात्र शंकास्पद व्यक्तिहरु जसमा एक जना चिनियाँ नागरिक पनि थिए । उनीहरुलाई बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हेल्प  डेक्समा पु¥याएपछि जोखिम नजिक नै रहेको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले  यस्तो परिस्थितीमा उपयुक्त निर्णय लिइएको पनि सबैसाधारणहरुको भनाई छ । 

धरान उपमहानगरपालिकाले ठाउँठाउँमा हात धुनका लागि साबुन पानी राख्नुका साथै बाटो हिडने ब्यक्तिहरुलाई सो साबुन पानी हात धुन प्रयोग गर्न समेत आग्रह गरिएको छ । त्यस्तै धरान उपमहानगरपालिकाले सञ्चारमाध्यम र सामाजिक सञ्जालसमेत बाट गलत, भ्रामक अफवाह फैलाउने खालका सूचना प्रकाशन–प्रसारण गर्ने व्यक्ति तथा संस्थालाई समेत कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । 

यता उद्योग वाणिज्य संघ धरानले कोरोनाविरुद्ध सरकारले गरेका निर्णयमा ऐक्यबद्धता जनाउदै व्यावसायिक प्रतिष्ठान बन्द गरिदिन आह्वान पनि गरेको छ भने धरानका बिभिन्न समाजिक संघ संस्था ब्यक्ति तथा सञ्चार माध्यमहरुले धरान उपमहानगरपालिकामा कोरोना आउन नदिन सचेतनाका कार्यहरु गरि धरान उपमहानगरपालिकालाई सहयोग गरिररहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *