नायक निखिल उप्रेतीले गरे TVS स्ट्राइकरको भब्य र्याली

काठमाडौं, ५ असार । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै ‘मेलामा आउनुहोस सुपर स्टार निखिल उप्रेतीसँग भेट्ने मौका पाउनुहोस्’ योजना अन्तर्गत सुपर स्ट्रार निखिल उप्रेतीको उपस्थितिमा जितपुर, कलैया हुँदै वीरगंज सम्म टि भी एस स्टाइकरको भव्य र्याली सम्पन्न गरेको छ । 

 

जगदम्बा मोटोर्स प्रा लि ले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको वीरगंज को म्याक्स अटो, जितपुरको सगरमाथा मोटर्स, कलैयाको करण इन्टर प्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चंद्रपुरको गणपति अटो एण्ड सेन्टरको माध्यबाट आफ्ना टि भी एस Stryker 125 cc को ग्राहकलाइ लक्षित गरि Stryker 125 cc मेला शोरुम नजिकैको स्थानहरुमा जेठ ३१ गतेबाट असार ३ गते सम्म सम्पन्न गरेको हो । 

null

मेलामा टि भी एस Stryker 125 cc को खरिद क्यास, फाइनान्स र एक्सचेन्जको माध्यमबाट गर्न पाउने भएपछी ग्राहकहरु निकै खुसि भएर बाइक खरिद गरेका थिए । भने, मेला अवधि भर TVS Stryker 125 cc खरिद गर्ने ग्राहकलाई कम्पनिले २ आर्थिक वर्ष सम्म २०७५/७६ को कर फ्री साथै रेनकोट, हेल्मेट, फाइनान्स, एक्सचेन्ज पनि कम्पनीले उपलब्ध गराएको थियो । नायक निखिल उप्रेतीले टि भी एस स्ट्राइकर किन्ने ग्राहकहरुलाई टि भी एस शोरुम जितपुर कलैया र वीरगंजमा गएर भेट पनि गरेका थिए । 

 

जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता जितपुरको सगरमाथा मोटर्स, कलैयाको करन इन्टरप्राइजेज र वीरगंजको म्याक्स अटोको टि भी एस स्ट्राइकर किन्ने करिब २०० जना ग्राहकलाई लिएर जितपुर बजार, कलैया बजार हुँदै वीरगंज बजार परिक्रमा गरेर र्याली सम्पन्न भएको थियो । र्याली हेर्नेको भिड सबै ठाँउमा धेरै नै थियो । र्याली पछी वीरगंजमा टि भी एस स्टाइकर किन्ने ग्राहकहरुलाई चाबी हस्तान्तरणका साथै सुपर स्ट्रार निखिल उप्रेतीसंग लन्च र प्रत्यक्ष भेटघाट गराइएको थियो । 

त्यस्तै, जितपुर सगरमाथा मोटर्सका संचालक दिनदयाल चौधरी, कलैया करन इन्टरप्राइजेजका संचालक पप्पु जैसवाल र वीरगंज म्याक्स अटोका म्यानेजर सन्तोस पटेलले यस्तो प्रोग्राम हाम्रो ग्राहकहरुको लागि गर्न पाउँदा धेरै खुसि लागेको बताए । 

 

कार्यक्रममा उपस्थित नायक निखिल उप्रेतीले टि भी एस स्ट्राइकर बाइक, कम्फोर्ट, स्टाइल र राम्रो माइलेज भएकोले गर्दा म पनि टि भी एस स्ट्राइकरसंग आबद्ध भएको छु र तपाइँहरुसंग भेट्न पाउदा धेरै खुसि लागेको बताए । त्यस्तै यस्ता कार्यक्रम भोलिको दिनमा नेपालको विभिन्न ठाँउमा गर्ने र ग्राहकको लागि नँया नँया स्किम तथा कार्यक्रमहरु लन्च गर्ने साथै ‘टि भी एसका ग्राहक प्रति साथ छ हाम्रो’ भन्ने कुरा जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *