यातायात व्यवस्था कार्यालय भेरीले साउन मसान्तसम्म स्मार्ट लाइसेन्स वितरण गर्ने

साउन ३, नेपालगञ्ज । यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जले साउनको मसान्तसम्म स्मार्ट लाइसेन्स वितरण गर्ने भएको छ । यातायात ब्यवस्था विभागले आजदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको बताएपनि आवश्यक तयारी नपुगेको भन्दै कार्यालयले साउनको मसान्तसम्म खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जका निमित्त प्रमुख कमल गौतमले आवश्यक तयारी नपुगेकाले साउनभित्र स्मार्ट लाइसेन्स वितरण गरिने बताउनुभयो । लाइसेन्स वितरणमा अनियमिता गरेको भन्दै कार्यालयका सम्पूर्ण कर्मचारीहरु निम्लबनमा परेपछि स्मार्ट लाइसेन्स वितरणमा ढिलाई भएको हो । अहिले नयाँ कर्मचारीहरु आए सँगै स्मार्ट लाइसेन्स वितरणको तयारी थालिएको छ ।
निमित्त कार्यालय प्रमुख गौतमले स्मार्ट लाइसेन्स अत्याधुनिक र बोक्न सजिलो समेत हुने बताउनुभयो ।
यसैबिच यातायात व्यवस्था कार्यालय भेरी अञ्चल नेपालगन्जको परिसरमा आज देखि बैकिङ सेवा पनी सुरु भएको छ । इन्भेटस्मेन्ट बैकले कार्यालय परिसरमा आफ्नो काउण्टरमार्फत बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *