म पनि निर्मला !


कात्तिक १६, काठमाडौँ । कञ्चनपुर भीमदत्तनगरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार १०० दिन पूरा भएको छ ।
१०० दिन पूरा भइसक्दा पनि हत्यारालाई कारबाही हुन नसकेको भन्दै काठमाडौँमा केही युवाहरुले मुखुण्डो धारण गरेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
निर्मलाका हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै उनीहरुले शुक्रबार साँझ काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
null
उनीहररुले सरकारले निर्मलाका हत्यारालाई पत्ता लगाउन चासो नदिएको सन्देशसहित सडक नाटक पनि प्रस्तुत गरेका थिए ।
प्रदर्शनमा उत्रिएकाहरुले म पनि निर्मला, निर्मलालको हत्याको १०० दिन, प्रहरी प्रमाण मेटाउन हो कि प्रमाण जुटाउन ? लगायतका प्ले कार्डहरु बोकेका थिए ।
उनीहरुले निर्मलालाई न्याय नदिएसम्म आफूहरुको प्रर्दशन जारी रहने चेतावनी समेत दिएका छन् ।
