कांग्रेसको जागरणले कार्यकर्ता र जनतामा उत्साह

 

धरान, २ जेठ । नेपाली कांग्रेसको राष्ट्रिय जागरणको अभियानले जनता र कार्यकर्तामा उत्साह ल्याएको कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताएका छन् । नेपाली कांग्रेस, धरान–२ ले आयोजना गरेको जागरण सभामा प्रमुख अतिथि एवम् वक्ताको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । 

दुई तिहाईको दम्भ र झुठको जगमा उभिएको कम्युनिष्ट सरकारले गरेका पूर्ण प्रेस स्वतन्त्रा तथा अभिव्यक्ति स्वतन्त्रताको हनन्, ज्यादती, जथाभावी कर वृद्धि, भ्रष्टचार, हत्या, हिंसा, अपराधीको संरक्षण, सरकारी जग्गाको भूमाफियाकरण लगायतका जनविरोधी कार्यहरुका विरुद्ध भण्डाफोर गर्दै र कांग्रेसको आन्तरिक कमी कम्जोरी सच्याउँदै अभियान चलाएपछि जनता र कार्यकर्तामा उत्साह छाएको उनले प्रष्ट पारे । 

null

 

दुई वर्ष भईसक्दा पनि धराने जनताले विकास, समृद्धि र सुशासनको अनुभूति गर्न नपाएको उल्टै खानेपानीको अभाव र चर्को करको सामना गर्नु परेको भन्दै विकास, समृद्धि र सुशानका लागि कांग्रेसको विकल्प नभएकाले अब हुने निर्वाचन धराने जनताले कांग्रेसलाई रोज्नुपर्नेमा उनले जोड दिए । 

नेपाली कांग्रेस, धरान २ का सभापति सुधिरसिंह लिम्वुको अध्यक्षतामा भएको जागरण सभामा अध्यक्ष लिम्वु, नगर सचिव श्याम पोखरेल २ नं. वडा सदस्यद्धय सन्ध्या श्रेष्ठ र धर्म तामाङ लगायतले मन्तव्य राखेका थिए । भने, सभामा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई लगायतको उपस्थिति रहेको थियो । 

धरानका प्रत्येक वडामा जागरण सभा गर्ने र पहिलो चरणको जिल्लास्तरीय समापन कार्यक्रम जेठ २५ गते भानुचौकमा विशाल आमसभा गरी गरिने समेत सचिव तामाङले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *