साताको पहिलो दिन सुनको भाउ बढ्यो, हेर्नुस आजको भाउ

पुस २७, काठमाडौँ । शुक्रबार तोलमा ९ सय रुपैयाँ घटेको सुनको भाउ आज साताको पहिलो दिन आईतबार तोलामा ४ सय रुपैयाँले बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

 शुक्रबार प्रतितोला  ७४ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजारले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार शुक्रबार प्रतितोला  ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७४ हजार ७ सयले कारोबार भईरहेको छ ।   

Image result for साताको पहिलो दिन सुनको भाउ बढ्यो

आईतबार चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले बृद्धी भएर प्रतितोला ८ सय ९० रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *