पर्सामा गोली चल्यो, अपहरणकारी प्रहरीको नियन्त्रणमा, बालकको सकुशल उद्धार

कात्तिक २०, पर्सा । प्रहरीले वीरगञ्जमा एक बालकलाई अपहरण मुक्त गराएको छ । बालक अपहरण गर्ने अपहरणकारीलाई गोली हानी बालकलाई सकुशल अपहरण मुक्त गराइएको आज बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरि प्रहरीले जानकारी दिएको छ ।   

मंगलबार राति पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ भने अपहरणकारी दासको दहिने खुट्टामा लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   

दासले काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती माग गरेको र उक्त फिरौति लिनेक्रममा सोही ठाउँमा पुगेको प्रहरीलाई दासले पेस्तोल ताकेपछि प्रहरीले गोली हानी उनलाई नियन्त्रणमा लिएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *