बाढी पीडितलाई आएको रकम फिर्ता गयो


नेपालगन्ज, साउन ३ । बाँके र बर्दियाका बाढीपीडितहरुका लागि छुट्टाइएको करिब ३० करोड रुपिया खर्च हुन नसकी फिर्ता भएको छ । तीन वर्षअघि बाँकेमा आएको विनाशकारी बाढीका कारण पुर्णरुपमा घर नोक्सान भएका परिवारलाई घर निर्माणका लागि सरकारले गत आर्थिक वर्षमा रकम जिल्लामा पठाएको भए पनि बाढीपीडितहरु रकम लिन नआएपछि रकम फिर्ता भएको हो ।
स्थानीय तहको निर्वाचनका कारण पीडितहरु समयमै सम्पर्कमा आउन सकेनन् भने कतिपय ढिलोगरी सम्पर्कमा आएका कारण विनियोजित रकम फिर्ता भएको हो ।
बाँके र बर्दियाका बाढीपीडितलाई घर निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४९ करोड ५० लाख रुपिया प्राप्त भएको थियो ।
तर दुवै जिल्लामा गरी करिब २० करोड रुपिया मात्रैे खर्च भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जकाका ईञ्जिनियर होमनाथ भुसालले जानकारी दिए ।
जग्गा भएकाले ३ लाख, जग्गा खरिद गर्नुपर्नेले ३ लाख ५० हजार रुपिया घर निर्माणका लागि अनुदान पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *