धर्नामा बसेका निर्मलाका बाबुआमाको स्वास्थ्य बिग्रदै

कात्तिक २९, कञ्चनपुर । निर्मला पन्तको न्यायका लागि धर्नामा बसेका बाबुआमाको स्वास्थ्य अवस्था बिग्रिएको छ । 

बलात्कारपछि हत्या भएको १०० दिन बढी भइसक्दा पनि सरकारले दोषी पहिचान गर्न नसकेका कारण दबाब दिनका लागि धर्नामा बसेका बाबुआमाको स्वास्थ्यवस्था बिग्रिएको हो । 

दोषी पत्ता लगाउन माग गर्दै पीडित परिवारले आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए । 

null

पाँच दिनदेखि निरन्तर रुपमा धर्नामा बसेका उनीहरुको चिसो, समयमै खानपिन नहुँदा र अनिदोका कारणले स्वास्थ्य बिग्रदैँ गएको बिहीबार स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण पश्चात् जानकारी गराएका हुन् । 

उनीहरुलाई रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएको बताइएको छ । बाबुआमा दुवैको रक्तचाप घटेको छ । रगत, पिसाब, आरबीसी, डब्लुबीसी जाँचका लागि प्रयोगशालामा पठाइएको छ । 

निर्मलाको न्यायका लागि धर्ना बसेको पाँचौँ दिन भइसक्दा पनि सरकारी पक्षबाट कुनै चासो नदिएको निर्मलाका बाबुआमाको गुनासो छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *