यसरी गरिँदैछ धरानमा धरान डे को उद्घाटन

पुस १८, धरान । पूर्वी नेपालकै पुरानो सहरहरु मध्येका एक मानिएका सुनसरीको धरान उपमहानगरपालिकाको स्थापना भएको ११९ औ वर्ष पुगेको अवसर तथा ‘नेपाल भ्रमण वर्ष २०२०’ को स्वागतको लागी धरान डे भव्य रुपमा आज शुक्रबार उद्घाटन हुँदैछ ।   

उद्घाटन समारोहमा धरान १२ स्थित पब्लिक उच्चमा बिको खेल मैदानमा दिउँसो २ बजे प्रदेश नम्बर एक सभामुख प्रदिप कुमार  भण्डारीको प्रमुख आतिथ्यतामा बिभिन्न ब्यक्तित्वहरुले मन्तव्य दिने धरानका मेयर तिलक राईले जानकारी दिएका छन् । 

धरान डे तथा भ्रमण वर्षको सफल पार्न यो कार्यक्रममले महत्वपुर्ण योगदान दिने नगर प्रमुख राईका  भनाई छ । आजबाट सुरु भई सो (धरान डे ) महोत्सव पुष २० गते समापन हुनेछ ।   

महोत्सव स्थलमा बिभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना हुनेछ । महोत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य, पुष्प प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिएको छ । बिभिन्न स्कुलको शैक्षिक प्रर्दशनी राखिएको छ भने जातीय संघसंस्थाहरुको मौलिक खानाको परिकार पनि छ । 

तीन दिनसम्म हरेक साँझ उत्सव स्थलमा धरानका कलाकारहरुले गीत, संगीत प्रस्तुत गर्नेछन् भने धरानका जनतालाई साँझमा घर घरमा दिपावली गर्न उपमहानगरले आह्वान गरिनेछ । उद्घाटन समारोहकै क्रममा भ्रमण वर्ष २०२० को सप्ताहव्यापी प्याराग्लाइडिङको उद्घाटन पनि प्रदेश १ मा यहीबाट हुनेछ ।  

दोस्रो दिन शनिबार धरान रन कार्यक्रम यलम्बर पार्कदेखि पब्लिक हाईस्कुलसम्म आयोजना हुनेछ भने दिउँसो धरानको पर्यटन प्रर्वद्धनको सम्भावना र आगामी कदम बिषयक कार्यपत्रमाथी छलफल हुनेछ । साथै, पब्लिक हाइस्कुलमा पूर्वीय लोकभाकाको जुहारी कार्यक्रम हुनेछ । 

तेस्रो दिन बृहत साइकल र्याली आयोजना हुनेछ भने गन्तव्य पैदल यात्रा पनि हुनेछ । यस्तै, सोही दिन वृक्षरोपण, प्रदेशस्तरीय साहित्यिक कार्यक्रम पनि हुनेछ । दिउँसो मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा धरान डे बिशेष एवं समापन समारोहमा जातीय साँस्कृतिक प्रस्तुती, पुष्पवृष्टि, खेलकुदको प्रस्तुती हुनेछ भने धरानलाई बिविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु, सागका पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिने उपमहानगरपालिकाले जनाएको छ ।   

कार्यक्रममा नेपाली सांस्कृतिक झाँकीसहित राष्ट्रिय कलाकार मार्फत सांगितिक कार्यक्रम समेत रहनेछ भने धरानको पब्लिीक उच्च माबिको खेल मैदानबाट र्याली निकाली नगर परिक्रमा गरी उदघाटन हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *