सीमा क्षेत्र विकास विशेष कार्यक्रम प्रभावकारी

नेपालगन्ज ३, साउन । नेपाल–भारत सीमानामा रहेका नेपाली क्षेत्रको विकासका लागि बाँकेका सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको सीमा क्षेत्र विकास विशेष कार्यक्रम जिल्लामा धेरै प्रभावकारी सावित भएको छ ।
भारतको सीमानासँग गाँसिएका बाँकेका साविकका १२ वटा गाविस र नेपालगञ्ज उपमहानगरपालिकामा गाभिएका २ वटा साविकको गाविसमा सञ्चालन गरिएको सो कार्यक्रम अन्तर्गत सयौं मिटर पीसीसी र कालोपत्रे सडक निर्माण गरिनुका साथै अतिदुर्गमका बासिन्दालाई सोलार वितरण, कल्भर्ट निर्माण, बिद्युत ट्रान्सफर्मर जडान र शिपमुलक तालिम प्रदान गरिएको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ ।
सीमाना पारीको भारतीय क्षेत्रको तुलनामा नेपालमा निकै कम विकास भएकोले सीमानाका क्षेत्रमा दिगो विकासका लागि पहिलो पटक जिल्लामा सञ्चालन गरिएको सो सीमा क्षेत्र विकास कार्यक्रम निकै प्रभावकारी देखिएको जिल्ला समन्वय समिति बाँकेका संयोजक हरि प्याकुरेलले बताए।

सो कार्यक्रमका लागि पहिलो बर्ष ३ करोड रुपैयाँ बजेट आएकोमा ९७ प्रतिशत बजेट खर्च भएकोले पनि कार्यक्रम शतप्रतिशत सफल भएको जिल्ला समन्वय समिति बाँकेका आन्तरिक लेखा परिक्षण अधिकृत खिमानन्द अर्यालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *