मुखमा कालोपट्टी बाँधेर प्रर्दशनमा उत्रिए पत्रकार

  

 

जेठ ३, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध पत्रकारहरुले प्रदर्शन गरेका छन् । 

null

राधजानीका विभिन्न मिडियामा आबद्ध पत्रकारहरुले पहिलो चरणको आन्दालेनको अन्तिम दिन आज आफ्ना सञ्चार साधनसहित मुखमा कालोपट्टी बाँधेर नयाँ बानेश्वरस्थित संसद भवन अगाडी प्रदर्शन गरेका हुुन् । 

 

उनीहरूले नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने, मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्ने, पत्रकारमाथि राज्यको दमन बन्ध गर्नुपर्ने, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कथित मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्ने लगायत मागहरु राखेका छन् । 

जिल्ला बाहिरका पत्रकारहरुले पनि आज प्रदर्शन गरेका छन् । 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *