धरानमा विश्व रङ्गमञ्च दिवस मनाईयो

 

चैत्र १४, धरान ।  सुनसरीको धरानमा विश्व रंगमञ्च दिवसको अवसर पारेर ५८ औ विश्व रंगमञ्च दिवस मनाउनुका साथै न्याय हराएको देश नामक नाटक मञ्चन गरिएको छ । जहाँ आरम्भ नाटय डबलीका कलाकारहरु कृष्ण तिम्सीना, शान्तीराम राई तीर्थ राज बिक ,कमानसिंह याम्फु, प्रेम नेपाली सारदा श्रेष्ठ, नमिना चोङवाङ तथा दिपेन्द्र राईले अभिनय गरेका थिए भने नाटकको लेखन भने गोपाल देवान र निर्दैशन भने प्रबिन राईले गरेका थिए । 

आरम्भ नाटय डबलीले धरान ९ स्थित रत्न ईन होटलमा एक कार्यक्रम गरी विश्व रङ्गमञ्च दिवस मनाइएको हो । परफमिङ आर्टको अन्तराष्ट्रिय छाता संगठन इन्टरनेशनल थिएटर इन्सिटिच्युट (आइटिआई) ले संयुक्त राष्ट्र संघको युनेस्कोसँग मिलेर ५६ वर्ष अघिदेखि यो दिवस मनाइरहेको छ ।  

null

त्यस्तै नेपालमा पनि आइटिआई नेपाल च्याप्टरले समेत हरेक बर्ष यो रङ्गमञ्च दिवस मनाइदै आएको छ । कार्यक्रममा प्राडा. टंक न्यौपानेले आइटी आइ अर्थात रंगमञ्चको बारेमा प्रकाश पारेका थिए ।  

भने धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बीका प्रसाद तुम्वाहाम्फे ले विश्व रङ्गमञ्च दिवसको अवसरमा विश्वव्यापी रुपमा जारी गरेको सन्देश वाचन गरेर सुनाएका थिए ।सोे सोही कार्यक्रममा चलचित्रका निर्माता, निर्दैशक तथा कलाकार प्रेम सुब्बालाई दोसल्ला तथा नगद ५ हजारले सम्मान समेत गरिएको थियो 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *