संसद अवरुद्ध गर्दै राजपा सांसदले भने, ‘आज बडो दुर्भाग्य भयो’

 

चैत ३, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले मधेश तथा थारुहट आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले गठन गरेको न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको हो । राजपाले गत बुधबारको संसद पनि अवरुद्ध गरेको थियो । 

null

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उभिएर संसद अवरुद्ध गरेका हुन् । संसद अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले राजपा नेता लक्ष्मणलाल कर्णलाई बोल्ने समय दिएका थिए । लक्ष्मणलाल कर्णले भने, ‘बडो दुर्भाग्य हो, आज पनि हामीले संसद अवरुद्ध गर्नु परेको छ । त्यो पनि साधारण कुरामा । हामीले यहाँ पटक पटक आवाज उठाउँदा पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन । त्यसकारण पटक पटक संसद अवरुद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।’ 

उनले बोले लगतै राजपा सांसदहरुले संसद अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *