मंसिरभित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सरकार १ सय ६५ वटै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन गर्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

उनले पुरानै निर्वाचन क्षेत्र कायम गर्ने पक्षमा सरकार रहेको भनेर भ्रम सृजना गर्न खोजिएको उल्लेख गर्दै आपत्ति पनि जनाए । प्रधानमन्त्री देउवाले २ दिन भित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

काठमाडौंमा आयोजित ५५ औं नेपाल इन्जिनियर्स एशोसिएसनको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि पनि सरकारले निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *