नामकै कारण जागिर पाएपछि……..

नाममा पनि केही खास हुँदोरहेछ । इण्डोनेसियामा भएको एउटा घटनाले चाहीँ यसको पुष्टि गरेको छ । त्यहाँ एकजना युवकलाई उसको अनौठो नामका कारण नै पुलिससँग काम गर्ने मौका मिलेको छ ।

ती युवकको नाम पोलिसी (Polisi) हो । इण्डोनेसियाको पुलिसलाई पनि पोलिसी नै भनिन्छ । एकपटक स्थानीय पुलिसले उक्त युवकलाई लाइसेन्स विना गाडी चलाइरहेको अवस्थामा समात्यो । जब उसलाई जरिवाना रसीद काट्नका लागि नाम सोधियो त ती युवकले आफ्नो नाम पोलिसी भएको बताए । नाम सुन्दा नै पुलिस अधिकारी छक्क परे । त्यसपछि उसलाई पुलिस चौकी लगियो ।

चौकीमा पुलिसको केरकारका क्रममा ती युवकले आफु आफ्नो घरमा कमाउने एक्लो सदस्य रहेको र आफ्नो परिवार गरीब रहेको बताए ।

पुलिस सँग नाम मिल्ने त्यो युवक निकै इमान्दार हुनुको साथै जागिरको खाँचो पनि रहेको हुँदा उसलाई स्थानीय पुलिस चौकीमा जागिर दिने निधोमा पुलिस अधिकारीहरु पुगे ।

मानिसहरुको ड्राइभिङ लाइसेन्स परीक्षाका क्रममा पुलिसलाई सहयोग गर्ने जागिर पोलिसीले पाएका छन् ।

आफुले यसअिघ कहिल्यैपनि अफिसमा काम गरेको अनुभव नभएको हुँदा आफु नयाँ काममा निकै नर्भस हुने गरेको पोलिसी बताउँछन् ।

जे होस्, आखिर भाग्य भएपछि तालुमा आलु फल्छ भनेको यहीँ रहेछ । पुलिसले समातेर लगेको मान्छेले जरिवानाको रसीद पाउनुको साटो जागिरको प्रमाणपत्र पाए । त्यो पनि नामकै कारण ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *