यूएईमा हावाहुरीसँगै वर्षा, तेस्रो टि–२० खेल प्रभावित

माघ २०, काठमाडौँ । घरेलु टोली युएई र नेपालबीचको अन्तिम तथा तेस्रो टी–ट्वान्टी खेल मौसमका कारण प्रभावित भएको छ । 

दिउँसो २ः४५ बजे सुरु हुने तय भएको नेपाल र युएईबीचको खेल सुरु हुनु अगावै मौसम खराब भई हावाहुरीसँगै वर्षा सुरु भएपछि ढिलो सुरु हुने भएको हो । 

वर्षा रोकिएपछि खेल हुने वा नहुनेबारे तय हुने युएई क्रिकेट बोर्डले जनाएको छ । 

null

 

नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १–१ को अवस्थामा छ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । 

अन्तिम खेल जित्दै नेपाल पहिलो टी–ट्वान्टी सिरिज जित्न चाहन्छ । नेपालले यो सिरिज जित्न सके पहिलो टि–२० अन्तर्राष्ट्रिय उपाधि जित्ने छ । 

राम्रो फर्ममा रहेका नेपाली टोलीले टि–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीप्काटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *