म्यानचेस्टर युनाइटेडले लेष्टर सिटीलाई हरायो

एजेन्सी । इन्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेष्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो। 

लेष्टरको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राष्फोर्डले निर्णायक गोल गरे । पहिलो हाफको नवौं मिनेटमा राष्फोर्डले गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको हो। 

बल पोजिसनमा युनाइटेडले पकड बनाएपनि खेलमा घरेलु टोलीले केहि उत्कृष्ट गोलको मौकाहरु गुमाएको थियो । जसको कारण घरेलु मैदानमा लेष्टरले हारको सामना गर्यो । 

null

जितसंगै युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ। युनाइटेडले आर्सनललाई पछि पार्दै पाँचौ स्थान ओगटेको हो । युनाइटेडले २५ खेलबाट ४८ अंक जोडेको छ । आर्सनलको  ४७ अंक छ।  

युनाइटेड शीर्ष स्थानको लिभरपुल भन्दा १३ अंकले पछि छ। पराजित लेष्टर ३२ अंक जोडेर ११ औं स्थानमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *