सन्दीपको शानदार प्रदर्शन, दोस्रो खेलमा लिए तीन विकेट

 

पुस ९, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको दोस्रो खेलमा शानदार प्रदर्शन गरिरहेका छन् । 

अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग बासमा सोमबार जारी खेलमा सन्दीपले हुरिकेन्स विरुद्ध तेस्रो विकेट हात पारेका छन्। पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ विकेट लिएका हुन्। 

null

मेलबर्न स्टार्सका लागि पावर प्ले पछिको पहिलो ओभरको तेस्रो बलमा लामिछानेले हुरिकेन्स विरुद्ध एक विकेट लिएका हुन्। आफ्नो दोस्रो ओभरमा सन्दीपले एक चौकासहित ७ रन खर्चिए। 

सन्दीप दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् । 

सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक एक विकेट लिएका थिए । पहिलो ओभरमा एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गर्दै पेभेलियन फर्काएका थिए । पहिलो ओभरमा सन्दीपले ५ रन खर्चेर एक विकेट लिए । सन्दीपले दोस्रो ओभरमा ७ रन खर्चिए । 

यस्तै तेस्रो ओभरमा सन्दीपले होबर्टका अर्धशतक बनाउने म्याथ्यु वेडलाई सन्दीपले क्याच आउट गराए । म्याथ्यु ५२ रनमा आउट भए । तेस्रो ओभरमा सन्दीपले ८ रन खर्चिए । 

चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको शिकार बनाए । बेन्जामिन २८ रनमा आउट भए । 

सन्दीपको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको मात्रै जोड्न सक्यो । कप्तान ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए । म्याक्सवेलले ५ छक्का प्रहार गरे । 

यस्तै निक लर्किनले ४५, मार्कुस स्टोनिसले २२ जोडे भने डुविन ब्राभोले १२ रन बनाए । होबार्टका जाफ्रा आर्चरले ३ विकेट लिए। 

दुवैले प्रतियोगितामा एक एक खेल खेलेका छन्। उक्त खेल स्टार्सले हारेको थियो भने होबर्टले जितेको थियो। स्टार्सले सिड्नी थन्डरसँग ४५ बलमा ८६ रन बनाउनुपर्ने लक्ष्य पाएपनि १५ रनले पराजित भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *