नगरपालिकाले व्यवस्थापन समिति पुर्नगठन गरेकोमा क्यान्सर अस्पताल व्यवस्थापन समितिको आपत्ति

काठमाडौं, ३२ साउन । भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा बदनियतपूर्वक लांक्षना लगाउने कार्य भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।   

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो स्पष्ट पारेको हो । संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, हालको परिस्थितीमा एउटा पारीवारीक वातावरणमा सुमुधर सम्वन्धबीच अस्पताल व्यवस्थापनमा कर्मचारी र व्यवस्थापनबीच रहेको असल सम्वन्धमा एक्कासी असहज वातावरण श्रृजना गरी कपोलकल्पित आरोपहरुको समाचारहरु पत्रिकामार्फत सम्पे्रषण गरी स्वास्थ्य सेवाजस्तो सम्वेदनशील क्षेत्रमा राजनैतिक कृयाकलाप सञ्चालन भएकोमा हामीलाई दुःख लागेको छ । 

कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले अस्पतालमा कार्यरत केही कर्मचारी, डाक्टरहरुले आफ्नो व्यक्तिगत स्वार्थ र राजनैतिक स्वार्थको लागि अस्पताल एवं व्यवस्थापन समितिसँग बिना वार्ता एवं छलफल अस्पताल कर्मचारीहरुको मात्र एकतर्फि कुरा सुनि भक्तपुर नगरपालिकाले वर्तमान अस्पताल व्यवस्थापन समितिलाई पुर्नगठन गरेकोमा आपत्ति जनाए ।   

भक्तपुर क्यान्सर अस्पतालको सेवा निर्वाध एवं बाधा व्यवधान बिनानै सुचारु होस भन्ने कुरामा आफूहरु अत्यन्त सम्वेदनशील हुदै सहकार्य, वार्ता र सम्वादको माध्यमबाट टुंगोमा पुग्न व्यवस्थापन समितिका पदाधिकारीहरु तयार रहेको अध्यक्ष श्रेष्ठले विश्वास दिलाए । आफूहरु कानुनी लडाई लड्ने तयारीमा रहेको पनि श्रेष्ठको भनाई छ ।   

भक्तपुर नगरपालिकाले आफ्नो छुटृै व्यवस्थापन समिति गठन गर्ने निर्ण गरेपनि आफूहरुको मौजुदा व्यवस्थापन समिति यथावत रहेको पनि उनीहरुले जनाएका छन् । नयाँ व्यवस्थापन समिति गठन भएको सम्वन्धि समाचारको भ्रममा नपरि अस्पतालको नियमित सेवा निरन्तर प्रवाह हुने सम्पूर्ण बिरामी तथा सर्वसाधारणहरुलाई जानकारीको लागि अनुरोध गर्दछ । 

कार्यक्रममा व्यवस्थापनि समितिका सदस्य बिमल कुमार होडाले विज्ञप्ती वाचन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *