मिडिया बाजीको पछि नलाग्न नेकपाका अध्यक्ष प्रचण्डको भनाई

सुनसरी, १८ जेठ । नेकपका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई अन्तीम रुप दिनेक्रमा एकताको गाठो केही हदसम्म टुङयाईए सकिएको र पार्टीभित्र कार्य बिभाजनको अन्तीम प्रताव पर्सि सम्म टु¥याउने बताउनुभएको छ । सुनसरीको धरानमा आज शनिबार किरात समुदायको साकेला पर्बको समापनको क्रममा प्रमुख अतिथिको रुपमा आउनुभएका अध्यक्ष प्रचण्ड कार्यक्रममा सम्बोधन गर्नुभन्दा पहिला धरान १५ स्थित होटल होटल ईजिराईडरमा गरिएको अगुवा कार्यकर्ता भेटघाटको क्रममा यस्तो बताउनुभएको हो । 

भेटघाटको क्रममा छोटो सम्बोधन गर्नुहुदै अध्यक्ष  प्रचण्डले अबको केही दिनमा नै पार्टीमा कार्य बिभाजनको कार्यलाई अगाडी बढाउदै देशैभरी  अभियान नै चलाउने बताउनुभयो । प्रचण्डले कार्ययोजना पुरा भएपछि भदौ अशोजबाट जिल्ला जिल्लाको अबिधेशन सुरु गर्नै दावी गर्नुहुदै  ८ महिनाभित्र जिल्ला देखी  केन्द्रीय अबिधेशन समेत सक्ने स्प्रिडमा काम अगाडी बढाईने हुदा सोही अनुसार  सुनसरी जिल्ला र धरान उपमहानगरपािलकामा पनि आफना  कार्यकर्ताहरुलाई लाग्न निर्दैश दिनुभयो । प्रचण्डले सरकारको काम कार्वाहीमा भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै अगाडी बढने  समेत बताउनुभएके थियो  ।  एक अर्कौ प्रसंगमा अध्यक्ष  प्रचण्डले हालै सरकारले ल्याएको बजेट पार्टीको घोषाणा पत्र र जनताको चाहनालाई ध्यानमा राखेर ल्याईएको दावी गर्नुभयो ।त्यस्तै उनले आफुले गणतन्त्र दिवसको अबसरमा दिएको अन्र्तबार्तालाई लिएर मिडियाले अफवाह फैलाएकोले पार्टी भित्रको सबै कुराहरु बुझेर नै  पार्टी कार्यकर्ताहरुलाई आफनो धारना बनाउन आग्रह गर्नुभयो । आफु र प्रधानमत्री बिचमा मिडियामा उठेका कुराहरु बाहिर अँएजस्तो केही त्यस्तो सत्य नभएको पनि प्रचण्डले प्रस्ट पार्नुभयो । 

आफना पार्टीका कार्यकर्ताहरुको करिब एक घण्टाभन्दा बढी पर्खापछि कार्यक्रममा उपस्थित हुनुभएका अध्यक्ष  प्रचण्ड अगुवा कार्यकर्तालाई सम्बोधन गरी पुन किरात राई यायोख्खा जिल्ला कार्य समिति सुनसरीद्धारा आयोजना गरिएको साकेला सिली प्रतियोगीताको समापन गर्न धरान १७ स्थित सप्तरंगी साकेला पार्क प्रस्तान गर्नुभएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *