एन आई सी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना
साउन २९, काठमाडाैँ । एन आई सी एशिया बैंकले ग्राहकको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत अब एन आई सी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ । बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहकवर्गलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।
null
उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकले रकम पठाउँदा उच्चतम् लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंक मार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।