अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

बैशाख २०, काठमाडाैँ ।  सँगैका साथीहरू रमाइलो गर्दै कलेज पढ्न गएको दृश्य उनी ओछ्यानबाट नियाल्दै आँसुले सिरानी भिजाउँछन् । 

 

सर्लाही बरहथवा नगरपालिका १६ सय बिगाहा टोलकी १९ वर्षीया अनिसा लामा पनि कुनै दिन त्यसैगरी साथीहरूसँग विद्यालय जान्थिन् । रमाइलो गर्दै, पढ्थिन, खेल्थिन । तर, आज उनको त्यो अवस्था छैन । पढ्नेलेख्ने कलिलो उमेरमा तीन वर्षअघि उनलाई अज्ञात रोगले समात्यो । उनी त्यति बेलामा कक्षा १० मा बढ्दै थिइन् । बिस्तारै थलिादै गइन् । लाखौं रुपैयाँ खर्च गरेर उपचार गरियो । 

null

पत्ता लाग्यो उनलाई ब्लड क्यान्सर भएको रहेछ । गरिब परिवारकी उनको भएको जायथेथा बेचेर उपचार गरियो । छोरीको ज्यान बाँचेमा उनले मागेरै भए पनि घरबार जोड्छिन भन्ने हिम्मत राखेर अनिसाका बाबुले भएको जग्गा जमिन सबै बेचेर उपचारमा खर्च लगाए । ब्लड क्यान्सर भएको उनको शरीरको सबै रगत फेरियो । 

उपचारमा घरबार गुमाएका उनको परिवार बिस्तारै तग्रिने प्रयासमा थियो । छोरीको जीवन बाँचेकोमा उनका बाबुले सन्तोषको सास फेरेका थिए । तर, बिडम्बना तीन वर्षपछि आएर अनिसाको हालत पुरानै अवस्थामा फर्किएपछि उनको परिवारमा ठूलो पुनः बज्रपात परेको छ । 

आज अनिसा न बोल्न सक्छिन् न त उभिन नै । खाना खुवाउन घाँटीमा प्वाल पारिएको छ । नाकबाट कृत्रिम श्वास दिइरहनुपर्छ । अनिसाको आमा खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि गएकी छन् । उनले कमाएको पैसाले परिवारको गुजारा जसोतसो चल्दै आएको छ । अनिसा पछिल्लो एक महिनायता नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा छिन् । 

पछिल्लो महिना दिनमा २ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । थप उचारका लागि रकम अभाव भएपछि अनिसा अस्पतालमै मृत्युसँग पैँठेजोरी खेलिरहेकी छन् । कतैबाट सहयोग नपाउँदा जीवनरक्षाको याचना गर्दै आँसुले सिरानी भिजाउँदै विवश भएर उनी बाँँच्न बाध्य छिन् । उपचारमा संलग्न चिकित्सकका अनुसार थप उपचार नपाए अनिसालाई जतिबेला जे समस्या पनि हुनसक्छ । उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन ब्लड क्यान्सर पीडित अनिसाले अस्पतालको श्ययाबाटै आग्रह गरेकी छन् । 

अनिसाको यसअघिको उपचारको क्रममा भएको जायजेथा रकम पनि उपचारकै क्रममा सकिएकोले उनको परिवारले राहतको अपेक्षा राखेका छन् । ब्लड क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेकी अनिसाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा लाग्ने २५ लाख रुपैयाँ जुटाउन नसकेको उनको परिवारले बताएको छ । आफूसँग त्यति धेरै पैसा नभएकाले छोरीको उपचार हुन नसकेको उनका बाबु अमृत गुनासो गर्छन् । 

तीन वर्ष पहिले घरको सबै सम्पत्ति बेचेर उपचार गरे पनि पुनः रोग बल्झिएको पीडित परिवारले बताएका छन् । भएको सम्पत्ति पहिले बेचिसकेकाले अब पैसा नभएकाले छोरीको उपचार अगाडि बढ्न नसकेको बाबु अमृतको भनाइ छ । खर्च अभावमा उपचारको प्रतीक्षामा अनिसा सिभिल अस्पतालको बेडमा नै छटपटाई रहेकी छन् । उनलाई सहयोग गर्न चाहनेले सिभिल अस्पतालको आइसियु कक्षको ३ सय १२ मा सम्पर्क राख्न पीडित परिवारले अनुरोध गरेको छ । 

सहयोगका हात अघि बढ्दै यसैबीच ब्लड क्यान्सर पीडित अनिसालाई गौशालास्थित ‘लालदरबार रोधी घर’ को पहलमा उठेको ५५ हजार रुपैयाँ प्रदान गरिएको छ । सो रोधी घरका सञ्चालकसमेत रहेका राष्ट्रिय लोक तथा दोहोरी संघका व्यवसायी संघका प्रथम उपाध्यक्ष केशरबहादुर बुढाथोकीले अस्पतालमै गएर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  

यस्तै, चाबहिलस्थित स्वरसम्राट् रोधी घरले समेत अनिसाको उपचारका लागि केही रकम सहयोग गरेको छ । सो रोधी घरका सञ्चालक नवीन बुढाथोकीले अनिसाको उपचारको लागि केही रकम उठाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, उनले खर्च अभावमा उपचारको प्रतीक्षामा रहेकी अनिसालाई सहयोग गर्न सबैमा अपिल गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *