प्रधानमन्त्रीले बोलाएपछी बामदेव पनी सिंगापुर जाँदै

भाद्र १८, काठमाडौँ । बुधबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि  प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न  सिंगापुर जाने भएका छन् । 

हाल सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न र महत्वपूर्ण  छलफलका लागि  उपाध्यक्ष गौतम सिंगापुर जान लागेका हुन् ।   

प्रधानमन्त्रीलाई भेट्न मंगलबार नै उपाध्यक्ष गौतम  पार्टीका महासचिव विष्णु पौडेलसँगै जाने भनिएता पनी पौडेल एक्लै सिंगापुर गएका थिए । पछी प्रधानमन्त्रीले उपाध्यक्ष गौतमलाई फोन गरी बालाएपछी उनी आज दिउँसो १ बजेको फ्लाईटमा सिंगापुर जान लगेका हुन् । 

Image result for kp with bamdev

निजी सचिवालयको जानकारी अनुसार उपाध्यक्ष गौतम सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्नेछन् ।   

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएपछी बामदेम पनी सिंगापुर प्रस्थान हुन लागेको सचिवालयले जनाएको छ । 

भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओलीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार गरिएको थियो भने आज अन्तिम चरणको उपचार प्रक्रिया हुनेछ ।   

प्रधानमन्त्री ओली आगामी शुक्रबार सम्म स्वदेश फर्कने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *