‘पार्टी एकता कसैले भत्काएर भत्किने खालको छैन, अझ मजबुत बनाउँछौँ’

 

साउन ९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको काम साउन महिनाभित्रै सकिने जानकारी दिएका छन् । 

पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले साउनभित्रै पार्टी एकताको काम सकाएर पार्टीको नीति, सिद्धान्त र सरकारका कामबारे नागरिकलाई जानकारी दिन देशव्यापी कार्यक्रममा निस्कने जानकारी गराएका हुन् । 

null

धेरै अप्ठ्यारा र घेराहरुलाई चिर्दै पार्टी एकतालाई अन्तिम रुपमा ल्याउन सकिएको भन्दै उनले अहिले कम्युनिष्ट पार्टीसामु ठूलो अवसर रहेको स्पष्ट पारे । 

जनमतबाट प्राप्त बहुमतको शक्तिलाई प्रभावकारी काममा लगाउने गरी सरकारले काम गरिरहेको बताउँदै उनले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको पनि धारणा राखे । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ । 

पार्टी एकता कसैले भत्काएर भत्किने खालको नभएको भन्दै उनले पार्टी एकतालाई अझै मजबुद बनाएर सरकारका कामकारवाहीलाई चुस्त गराउनेमा जोड दिए। 

कार्यक्रममा नेता कर्मचार्यलाई स्मरण गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कर्माचार्यले आफूहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्ने गरेको र सुरक्षाका निम्ति गोपनियता कायम गर्ने गरेको बताए । 

कर्मचार्य पार्टी, आन्दोलन, राष्ट्र र वर्गप्रति समर्पित र निरन्तर आन्दोलनमा लाग्न व्यक्तित्व भएको पनि उनले स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *