सांसदका पिएको तलब बैंक खातामा

संसद्का पदाधिकारी र सांसदका स्वकीय सचिव (पिए)को तलब अब उनीहरूकै बैंक खातामा जाने भएको छ । संघीय संसद् सचिवालयले पुसदेखि स्वकीय सचिवालयका कर्मचारीको तलब कट्टा गरी सांसद तथा पदाधिकारीको तलब पठाउने भएको हो ।  

सांसदले आफन्तलाई स्वकीय सचिव राखेको तथा उनीहरूको पारिश्रमिकसमेत आफैँले बुझ्ने गरेको समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि संसद् सचिवालयले पिएको तलब सांसदको खातामा पठाउन रोक लगाएको हो । ‘स्वकीय सचिवालयका कर्मचारी तथा स्वकीय सचिवको पारिश्रमिक यही महिनादेखि उहाँहरूकै खातामा राख्छौँ । 

अब सांसदहरूको खातामा पिएको तलब जान्न,’ सचिवालयका प्रमुख लेखानियन्त्रक पुष्पप्रसाद गुरागाईंले भने ।  

null

१ सय २० सांसदका पिएले एभरेस्ट बैंकमा खाता खोलेर सचिवालयलाई खाता नम्बर बुझाइसकेका छन् । सांसद सुविधा व्यवस्थापन शाखामा पछिल्लो केही दिनदेखि खाता नम्बर बुझाउन सांसदका पिएको भिड लाग्ने गरेको छ । ‘पिएको तलब कट्टा गरी सांसदको खातामा शुक्रबार रकम हाल्दै छौँ । 

पिएको तलब पनि हालसम्म प्राप्त बैंक अकाउन्टका आधारमा पहिलो चरणमा हाल्छौँ । पछि प्राप्त भएकालाई फेरि खातामा रकम जम्मा गर्दै जानेछौँ,’ प्रमुख लेखानियन्त्रक गुरागाईंले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *