वसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 

जेष्ठ १० गते । चितवनको रत्ननगरमा वसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । 

पूर्व पश्चिम राजमार्ग अर्न्तगत रत्ननगर १० निपनीमा वसको ठक्करबाट मोटरसाईकल चालक भरतपुर महानगरपालिका ११ का अन्दाजी ३२ वर्षिय रमेश लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक ( डिएसपी) सन्तोष आचार्यले जानकारी दिए । 

null

नारायणगढबाट वर्दिवास तर्फ जाँदै गरेको ना ६ ख १२६३ नम्वरको वसको ठक्करबाट ना ५६ प २३८ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकलको पछाडी सवार भरतपुर महानगरपालिका १५ २३ वर्षिय सन्तोष कडेंल घाईते भएका छन् । 

घाईते कडेंलको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको डिएसपी आचार्यले वताए । वस नियन्त्रणमा रहे पनि वसका चालक भने फरार रहेका छन् । उनको खोजी भईरहेको डिएसपी आचार्यले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *