मेस्सीले जिते आठौँ पटक ‘मस्ट भ्यालुएबल प्लेयर’ अवार्ड

स्पेन– स्टार फुटबलर लियोनल मेस्सीले आठौँपटक ‘मस्ट भ्यालुएबल प्लेयर’ अवार्ड जितेका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेस्सीले सिजन २०१७/१८ का लागि यो अवार्ड हात पारेका हुन् ।  

सोमबार राती आयोजित कार्यक्रममा मेस्सीलाई ला लिगाका अध्यक्ष जाभिर टेबासले अवार्ड प्रदान गरे । 

यो अवार्ड स्पेनको प्रतिष्ठित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्दछ । ३१ वर्षीय मेस्सीले यसअघि ७ पटकसम्म अवार्ड पाइसकेका छन् ।   

null

सन् २००९/१० देखि सुरु भएको यो अवार्ड मेस्सीबाहेक दुई खेलाडीले मात्र जितेका छन् । रियल म्याड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले २०१३/१४ र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यानले २०१५र१६ मा एक–एकपटक यो अवार्ड जितेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *