युनाईटेडको घरेलु मैदानमा पीएसजीको जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि क्वार्टरफाईनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजीले म्यान्चेष्टर युनाईटेडलाई हराएको छ । युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा बुधबार भएको खेलमा पीएसजीले २–० को जित निकालेको हो । 

फ्रान्सेली क्लब पीएसजीका लागि दुवै गोल दोस्रो हाफमा मात्र सम्भव भएको थियो । दुवै गोलका नायक एन्जल डि मारिया रहे। 

डि मारियाको कर्नर पासलाई सदुपयोग गर्दै किम्पेम्बेले ५३ औ मिनेटमा पाुहना टोलीलाई अग्रता दिलाएका थिए । ६० औ मिनेटमा मारियाको सटिक पासमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । पीएसजीका स्टार खेलाडी नेयमार र काभानी चोटका कारण म्यान युनाईटेडविरुद्वको खेलमा थिएनन् । 

null

नेयमार र काभानी नभएपछि पीएसजीकाे आक्रमणकाे माेर्चा एम्बाप्पेले सम्हालेका थिए । 

खेल सकिन एक मिनेट अगाडी पाउल पोग्बा दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि युनाईटेड १० खेलाडीमा सिमित बनेको थियो । 

केयर टेकर प्रशिक्षकको रुपमा म्यानेष्टर युनाईडेटको नेतृत्व गरेका ओले गुनर सोल्सायरले पहिलो हार ब्यहोरेका छन् । उनी पछिल्ला ११ खेल मध्य १० खेलमा जित निकालेका छन् । 

जितसंगै पीएसजीले क्वार्टरफाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ । दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *