कालो धनको छानविनमा तानिए सांसद केसी

 

साउन ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसी कालोधनको छानविनमा तानिएका छन् । 

जीवनको लामो समय राप्रपासँग नजिक रहेर राजनीति गरेका केसी पछिल्लो समय कांग्रेसमा प्रवेश गरेका थिए । व्यापारिक पृष्ठभूमिका केसी माछापुच्छ«े बैंकको संस्थापक समेत हुन् । उनै सांसद केसीमाथि अहिले ३० करोडको कालो धन देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले छानविन गरिरहेको छ । 

null

विभागले छानविपश्चात् मुद्दा हाल्ने अन्तिम तयारी गरेको विभाग स्रोत बताउँछ । सम्पत्ति शुद्धीकरण विभाग हाल प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको छ । विभागले केही समयमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद केसीको मुद्दाको अनुसन्धानबारे जानकारी गराएपछि मात्रै अदालती प्रक्रियामा जाने तयारी गरेको समेत बताइएको छ । 

राजनीतिक पहिचान खुलेकाहरूको अनुसन्धान गर्दा केसीको कालोधन देखिएको विभाग स्रोत बताउँछ । अनुसन्धानका क्रममा धेरै फाइलहरूको अध्ययन गर्दा केसीको कालोधन देखिएको विभाग स्रोतको दावी छ । 

केसीसहित ६ जनाविरुद्ध मुद्दाको तयारी विभागले गरेको छ । यस मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक पनि जोडिएका छन् । 

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए । उनी ७८ लाख रूपैयाँ नै धरौटी राखेर छुटेका थिए । पाठकको समेत विभागले छानविन गरिरहेको छ । 

स्रोतका अनुसार यही कलेजसँगै केसीको मुद्दा पनि जोडिएको छ । केसी यो कलेजका सञ्चालक हुन् । केही संस्थामा फ्रड गरेर कालोधन थुपारेको अनुसन्धानबाट देखिएको छ । सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विभागले अनुसन्धान गर्दै आएको छ । 

केसीले बैंक तथा वित्तीय संस्थाहरूमा समेत शेयर लगानी गरेका छन् । केसीको बैंक कारोवार पनि शंकास्पद देखिएको बताइन्छ । उनको बैंक कारोवारका बारेमा वित्तीय अवस्थाबारे इकाइले विभागलाई जानकारी गराएको थियो । गत र चालु गरी विभागले कुल एक दर्जन मुद्दा अदालतमा हालिसकेको छ । 

पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै अधिकांश मुद्दाको फैसला विभाग अनुकूल भने भएका छैनन् । राप्रपाबाट २०७४ कात्तिकमा नेपाली काँग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट उनी अहिले सांसद छन् । ेकेसीको लगानीमा हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू–सिक्लेस हाइड्रोपावर प्रालि, युनाइटेड इदी मर्दी हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुछ्रे बैंक खुलेका छन् । 

उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इन्फर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक समेत हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *