पाल्पामा जिप दुर्घटना हुँदा तीन दिनकी सुत्केरीसहित ५ जनाको मृत्यु

मंसिर २८, काठमाडौँ । पाल्पामा जिप दुर्घटना हुँदा सुत्केरीसहित ५ जनाको मृत्यु भएको छ । 

बिहीबार राति करिब ८ बजेतिर तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा सुत्केरीसहित ५ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा माथागढी ८ बहादुरपुरकी तीन दिनकी सुत्केरी ४१ वर्षीया भुमीकुमारी दर्लामी, सोही ठाउँका २० वर्षीय चालक विरेन्द्र राना, ४४ वर्षीया यानीसारा गाहा, २३ वर्षीय कुनीसरा रुचाल र ७१ वर्षीय रेवत बहादुर जिसीको मृत्यु भएको हो । 

null

सुत्केरी दर्लामीको तानसेन स्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको र तीन दिनको बच्चा भने सकुशल नै रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *