बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

फागुन १६, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घर घेर्न पुगेका मध्ये बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको छ । उक्त लाठी प्रहार भएको घटनामा महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु  गरेको छ । 

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हान्ने इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो । 

उक्त समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । 

एक महिलाले खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै केही महिलाहरु लिएर उनको घर घेर्न पुगेकी थिइन् । ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्। सोही क्रममा प्रहरीले शुक्रबार ती महिलाहरुलाई त्यहाँबाट लखेट्न गएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *