‘ए’ डिभिजन लिग अन्तर्गत एपिएफ र सरस्वती क्लब विजयी

काठमाडौँ, १७ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दुई विभागीय टोलीबिचको खेलमा एपिएफले बाजी मारेको छ । 

हल्चोकस्थित घरेलु मैदानमा १२औँ चरणको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–१ गोलले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । एपिएफको जितमा युवराज खड्काले दुई तथा राजेन्द्र रावल र हरि कार्कीले एक/एक गोल गरे । खेलको २१आँै मिनेटमा एपिएफले राजेन्द्रको गोलबाट अग्रता लिएको थियो । खेलको २८आँै मिनेटमा एपिएफले अग्रतालाई दोब्बर बनायो । 

हरिले डि बक्स भित्रबाट हानेको बल सिधै गोल हुन पुगेको थियो । खेलको ४३आँै मिनेटमा हेडमार्फत युवराजले गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा तेज तामाङको उत्कृष्ट पासमा अजित भण्डारीले पुसिलसका लागि गोल गर्दै अन्तर घटाएका थिए । 

null

दोस्रो हाफको ८५औँ मिनेटमा युवराजले गोल गर्दै एपिएफको जित सुनिश्चित ग¥यो । एपिएफले पुलिसलाई अङ्क तालिकामा पनि उछिनेको छ । एपिएफले १२ खेलमा छ मा जित र दुई बराबरीसँगै २० अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पुलिस समान खेलबाट १८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा झरेको छ । 

यसै गरी लिगअन्तर्गत आजै एन्फा मैदानमा भएको खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा सुरुआत अग्रता जोगाउन नसक्दा च्यासलले हार व्यहोर्नुपर्यो । सरस्वतीलाई जित दिलाउन मानिस थापा र फ्रान्सिसले एक एक गोल गरे । च्यासलका सजिन थापा मगरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । 

खेलको १४औँ मिनेटमा सरस्वतीका किपट प्रदीप भण्डारीले क्लियर गरेको बल सजिनलाई लागेर गोल हुँदा च्यासलले सुरुआत अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा सरस्वतीले दुई गोल गर्न सफल भयो । 

खेलको ८६औँ मिनेटमा मानिसले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २–१ को महत्त्वपूर्ण जित दिलाए । हारसँगै च्यासलले १२ खेलबाट १५ अङ्क जोड्दै आठौँ तथा १३ अङ्क जोडेको सरस्वती लिगको नवौँ स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *