सरकारले राजपासँग छलफल गर्ने

काठमाडौं, साउन ४ । संविधान संसोधन र सरकार विस्तारका विषयमा सत्तासिन दलले आज बुधबार छलफल गर्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद विस्तार अघि आज राजपासँग छलफल हुनेछ ।

सत्तासिदलका तर्फबाट गठन भएको कार्यदलले वार्ता गरेपछि शीर्ष तहमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई प्रमुख नेतालगायत नेपाली काँग्रेसका तर्फबाट केन्द्रीय सदस्य विमलेन्द्र निधि र रमेश लेखक तथा नेकपा (माओवादी केन्द्र) का तर्फबाट वर्षमान पुन र कृष्णबहादुर महरा सम्मिलित कार्यदलको बैठकले मन्त्रिपरिषद् विस्तार गर्नुअघि संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग छलफल गर्ने निर्णय गरेको नेता निधिले बताउनुभयो ।

कार्यदलले आज बिहान ९ बजे राजपासँग छलफल गर्नेछ । राजपाले माग गर्दै आएको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत नपुग्ने अवस्थामा पनि राजपाले मतदानमा जान चाहेमा मन्त्रिपरिषद् विस्तार अझै केही दिन ढिलाइ हुन सक्ने देखिएको छ । मन्त्रालय बाडफाँटमा भने टुङ्गो लगाएको छ । नेपाली काँग्रेसको १३ मन्त्रालय राख्ने भएको छ भने नेकपा माओवादी केन्द्रका लागि नौ, फोरम लोकतान्त्रिकलाई तीनवटा मन्त्रालय छुट्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *