कोरोनाका कारण चीनको शिन्चेन शहरमा बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध

चैत्र २१, एजेन्सी । अहिलेसम्म कोरोना भाइरस के बाट फैलिएको हो यकिन भएको छैन । तथापि, चीनको शिन्चेन शहरमा भने बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ ।  कोरोना भाइरसको संक्रमण जंगली जनावरको मासुबाट फैलिएको हुन सक्ने देखिएपछि शिन्चेन शहरले बिरालो तथा कुकुरको मासुमा प्रतिबन्ध लगाएको हो । 

यस अघि कोरोना भाइरस जंगली जनावरको मासुबाट मानिसमा सरेको देखिएपछि चीन सरकारले जंगली जनावरको मासुमा प्रतिबन्ध लगाएको थियो । शिन्चेन शहरले घर पालुवा बिरालो तथा कुकुरको मासु पनि खान नपाउने नियम लगाएको छ । यो कानुन अहिले नै लागू भएको छैन । शिन्चेनले मे एकदेखि कार्यान्वयनमा आउने गरी नियम बनाएको हो । 

शिन्चेन शहरको यो निर्णयलाई जनावरहरुको अधिकारका लागि काम गर्ने संस्थाहरुले स्वागत गरेका छन् । ह्युमन सोसाइटी इन्टरनेशनल (एचएसआइ) का अनुसार एसियामा प्रति वर्ष मासुका लागि तीन करोड कुकुर मात्रै मारिन्छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *